arrow

चुनावको मुखैमा एकैदिन दार्चुलामा ५४ जना कांग्रेस प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
party-prabesh-darchula.JPG

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका ५४ जनाले नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । शैल्यशिखर नगरपालिका–६ ग्वानीमा भएको कांग्रेसको टोलभेलामा उनीहरुले पार्टी प्रवेश गरेका हुन् । 

बिहीवार वडा सभापति धनबीर सिंह धामीको सभापतित्वमा सम्पन्न टोलभेला कार्यक्रममा कांग्रेस दार्चुलाका पूर्व उपसभापति तथा शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीले नवप्रवेशीहरुलाई स्वागत गरेको शैल्यशिखर नगरसभापति मोहनसिंह साउँदले जानकारी दिए । 

नेकपा एमाले परित्याग गरी ४७ जना र ७ जना नेकपा माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गरेको उनले बताए । नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नगरप्रमुख धामीले शैल्यशिखर नगरपालिकालाई कांग्रेसमय बनाउनुपर्ने बताए । 

साथै उनले कम्युनिष्टका चिल्ला भाषण र कोरा गफमा नभुल्न स्थानीयलाई आग्रह समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ