arrow

ग्लोबल आइएमई बैङ्क र कामना सेवा विकास बैङ्कबीच समझदारी पत्रमा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
global-ime-kamana-bikash-bank.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क र कामना सेवा विकास बैङ्कबीच कामना सेवा विकास बैङ्कका ग्राहकहरूलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैङ्किङ सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार कामना सेवा विकास बैङ्कका ग्राहकहरूले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैङ्क ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैङ्किङ आदी सुविधा कामना सेवा विकास बैङ्कको सिफारिसमा ग्लोबल आइएमई बैङ्क मार्फत उपभोग गर्न सक्नेछन्।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले हस्ताक्षर गरेका छन्।

ग्लोबल आइएमई बैङ्कले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैङ्कका २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैङ्किङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

यसै गरी “प्रगतिको आधार कामना सेवा सँग कारोबार”,भन्ने नाराका साथ सन् २०१७ मा स्थापित कामना सेवा विकास बैङ्कले नेपालमा अग्रणी विकास बैङ्कको रूपमा आफ्नो परिचय बनाएको छ। बैङ्कले देशभर रहेका आफ्ना १२९ वटा शाखा कार्यालय, ४ वटा शाखारहित बैङ्किङ, १ एक्सटेन्सन काउन्टर तथा ७७ वटा एटिएम मार्फत सेवा प्रवाह गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ