arrow

वेष्ट इन्डिजलाई १५५ रनले हराउँदै भारत विश्वकपको शीर्ष स्थानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
india-cricket-women-kaur-mandana.jpg

काठमाडौं । भारतीय महिला क्रिकेट टिम विश्वकप एक दिवसीय क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । भारतले शनिबार भएको खेलमा वेष्ट इन्डिजलाई १५५ रनले पराजित गर्दै भारत शीर्ष स्थानमा पुगेको हो । 

न्यूजिल्याण्डको ह्यामिल्टनमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३ सय १७ रन बनायो । ओपनर स्मृति मन्धनाले ११९ बलमा १२३ रन बनाइन् ।

प्लेयर अफ द म्याच स्मृतिले चौथो विकेटका लागि हर्मनप्रीत कौरसँग मिलेर १८४ रनको साझेदारी गरिन् । कौरले १०७ बलमा १०९ रन बनाइन् । 

जवाफमा वेष्ट इन्डिजले ४०.३ ओभरमा अलआउट हुँदै १६२ रनमात्र बनायो । स्नेह रानाले ३ र मेघ्ना सिंहले २ विकेट लिइन् । 

यो जितसँगै आठ टोली सहभागी विश्वकपमा भारत ३ खेलबाट ४ अंकसहित रनरेटमा राम्रो रहँदै पहिलो स्थानमा पुगेको हो । समान ४ अंक भए पनि रनरेटमा पछि पर्दै अष्ट्रेलिया दोस्रो, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो तथा वेष्ट इन्डिज पाँचौं स्थानमा छ । 

इङ्गल्याण्ड, बंगलादेश र पाकिस्तानले अंकको खाता खोल्न सकेका छैनन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ