arrow

काठमाडौंको इकुबहालमा ११ सय १३ जनाको केएमसीले गर्‍यो निःशुल्क स्वास्थ्य उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
KMC-Health-Camp-(5).jpg

काठमाडौं । काठमाडौं महानगरपालिका–२१ इकुबहालमा निःशुल्क स्वास्थ्य सञ्चालन गरिएको छ । मेधा नेपालसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरमा १११३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १६८ जनाको रक्त परीक्षण, ११८ जनाको भिडियो एक्सरे र ८८ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । 

त्यस्तै दाँतको समस्या भएका ३९ जनाको दाँत खोलिएको छ ।  शिविरमा उपचार सम्भव नभएका ३१ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसीले बिहीवार काठमाडौंको काँडाघारीमा स्वास्थ्य शिविर सञ्चालन गरेर ९६५ जना बिरामीको निःशुल्क उपचार गरेको थियो ।

डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ