arrow

प्रेस चौतारीमा विवाद, लम्बियो महाधिवेशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
press chautari.jpg

पोखरा । विवादका कारण प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन लम्बिएको छ । महाधिवेशन शनिबार साँझसम्ममा सम्पन्न गर्ने कार्यतालिका थियो । उपत्यका प्रदेश बागमती प्रदेशमा गाभिने भएपछि चौतारीका सदस्यहरु आन्दोलनमा उत्रिएपछि विवाद बढेको हो । 

उपत्यका प्रदेशले छुट्टै स्वायत्त अधिकार तथा एक जना खुला सचिवको माग गरिएको छ । उपत्यका प्रदेशको मागमा एशोसिएट र प्रतिष्ठानले पनि समर्थन गरेको छ । 

अध्यक्ष मण्डलले एक प्रदेशका लागि एक सचिव र ६ पुरुष, ३ महिला सदस्यसहित १० जनाका लागि सहमति गरेर आउन निर्देशन दिएको छ । यद्यपि सो निर्देशन लागू हुन सकेको छैन । 

यो विवाद मिलाउन एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरूङ, प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, प्रेस चौतारी नेपालका पूर्व अध्यक्षहरू गगन विष्ट, राजेन्द्र अर्याललगायतले प्रयास गरे पनि सफल हुन नसकेको बताइएको छ । 

चौतारीको पदाधिकारी, केन्द्रीय सदस्य तथा आयोगका अध्यक्ष र सदस्यहरूका आकांक्षी बढेपछि सहमति हुन नसकेको बताइएको छ । 

महाधिवेशनमा सहभागी केही प्रतिनिधिले अघिल्लो पटक मनोमानी  ढंगले केन्द्रीय कमिटी मनोनित गरिएकाले यो पटक समस्या भएको आरोप लगाएका छन् ।

निर्वाचन समितिले तेस्रोपटक निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । जसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति १ बजे गर्न र आइतबार बिहान ७ बजेबाट मतदान कार्यतालिका प्रकाशन गरिएको छ । 

चौतारीको अध्यक्षमा गणेश बस्नेत, टीका विष्ट, माधव नेपाल, गणेश पाण्डे र महासचिवमा हिरामान लामा, चेतन अधिकारी र ईन्द्र आचार्यको दावी छ । आकांक्षीको संख्या धेरै भएपछि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना क्षीण बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ