arrow

ओममणिलाई ‘धनमान कथा सम्मान’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
275176582_1153448485467090_6001535634157071371_n.jpg

ललितपुर । लघुकथा समाज नेपालले यस वर्षको ‘धनमान कथा सम्मान २०७८’ कथाकार ओममणि शर्मालाई प्रदान गरेको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा आयोजित कार्यक्रममा कथाकार शर्मालाई उक्त सम्मान अर्पण गरे ।

सम्मानका साथ १५ हजार नगद राशि पनि प्रदान गरियो । समाजले एक वर्ष धनमान कथा सम्मान र अर्को वर्ष धनमान लघुकथा सम्मान प्रदान गर्दै आएको छ ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सम्मानका दाता कथाकार धनमान श्रेष्ठको पुस्तक ‘धनमान श्रेष्ठ ः व्यक्ति एक आयाम अनेक’ को पनि संस्कृतिविद् जोशीले लोकार्पण गरे । 

सोही अवसरमा समाजले सम्मानका दाता धनमान श्रेष्ठलाई पनि सम्मानपत्र प्रदान गर्यो । लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नाट्यकर्मी तथा साहित्यकार अशेष मल्ल, प्राडा लक्ष्मणप्रसाद गौतम, धनमान श्रेष्ठ, रामप्रसाद पन्त, श्रीबाबु कार्की र तुलसीहरि कोइरालाले बोलेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ