arrow

नंखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, नौ सयको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
KMC-Health-Camp-(5) (1).jpg

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित नंखेलमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

नंखेल स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा ८६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७५ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे र १२७ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । 

दाँतमा समस्या भएर शिविरमा आएका २७ जनाको दाँत उखेलिएको छ । त्यस्तै शिविरमा उपचार सम्भव नभएका ३२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

 डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ