arrow

नेपाल र साउदीबीच द्विपक्षीय बैठक, सम्बन्धका आयामबारे छलफल   

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
saudi-rajkumar-faisal-bin-fahran-nepal.jpg

काठमाडौं । नेपाल र साउदी अरेबियाबीच आज द्विपक्षीय बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९ः१५ बजे शुरु हुने जनाइएको छ। 

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदीको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् । 

बैठकमा नेपाल र साउदीका सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आज नेपाल र साउदीबीच ‘जनरल कोअपरेशन एग्रिमेन्ट’ मा हस्ताक्षर हुने जनाइएको छ। 

बैठकमा सहभागी हुन साउदी विदेशमन्त्री सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ