arrow

नहर मर्मत नहुँदा नौ महिनादेखि अन्धकारमा बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
District-61-Humlat-hamrakura.jpg.jpeg

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीन हजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन् । अदानचुली ४, ५ र ६ मा नौ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । 

साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन । ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन् । 

नहर मर्मतमा चासो नराख्दा विद्युत् आयोजना सञ्चालनमा आउन सकिरहेको छैन । उक्त विद्युत्को नहरमा ठाउँ ठाउँमा पुरै माथिबाट जमिन भासिएर भत्किएकाले  मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ