arrow

तीर्थ श्रेष्ठको एकल गीत वाचन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
Tirtha shrestha.jpg

पोखरा । कवि एवं गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन पोखरामा हुने भएको छ । गीतकार प्रतिष्ठान नेपालको आयोजनामा आगामी चैत ५ गते शनिबार हुने गीत वाचनमा गण्डकी प्रज्ञा-प्रतिष्ठानले सहकार्य गर्ने भएको छ । गीतकार श्रेष्ठले करिब २ दर्जन गीत वाचन गरेर सुनाउने छन् ।

कवि तथा संस्कृतिकर्मीका रूपमा परिचित श्रेष्ठकोे ‘मेरै हिमाल जस्तो’ गीत सङ्ग्रह प्रकाशित छ ।

उनका आमा..., मेरै हिमाल जस्तो..., हिउँमा लेखिएका नाउँहरू..., पाइला पाइला काँडा टेकेँ... लगायतका गीतहरू चर्चित छन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका संस्थापक सदस्य सचिवसमेत रहेका श्रेष्ठका तीर्थ श्रेष्ठका कविताहरू, पाइलाका निबहरूले, जिन्दगीको कुरुक्षेत्रबाट, महाभारतको गीत, जिन्दगीको गोधूलिमा, धर्सैधर्साको चक्रव्यूह लगायतका कृतिहरू प्रकाशित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ