arrow

एमाले छाडेर बेसीशहरका ७० युवा कांग्रेसमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
275746177_3278307102397768_3604515283114276173_n.jpg

लमजुङ । बेसीशहर नगरपालिका ७ र ८ का ७० जना युवा नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल बेसीशहर नगरपालिका वडा ७ र ८ को  तरुण वडा कार्यसमिति गठन कार्यक्रममा ७० जना युवा कांग्रेसमा प्रवेश गरेका हुन् ।  

नवप्रवेशी युवाहरुलाई कांग्रेसका निवर्तमान सभापति एवम् कार्यक्रमका प्रमुख अतिथि भेष बहादुर पौडेलले टीका र कांग्रेसका पूर्व सभापति तुलसीनारयण श्रेष्ठले खादा लगाएर पाटीमा स्वागत गरे ।

सो अवसरमा बेसीशहर७ मा भुवन गुरुङको सभापतित्वमा २१ सदस्यीय नयाँ कार्यसमिति र वडा नम्बर ८ मा विजय गुरुङको सभापतित्वमा १७ सदस्यीय  तरुण दल वडा कार्यसमिति गठन गरिएको छ ।  

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ , उपसभापति श्रीकान्त घिमिरे, सचिव कृष्णबहादुर अधिकारी, सचिव बिमल श्रेष्ठ र सहसचिव विश्व पौडेललगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रम कांग्रेस बेसीशहर नगर समितिका सचिव प्रदिप बस्नेतले संचालन गरेका थिए । बेसीशहर ८ का वडासभापति खुशीराम बरालले  स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम बेसीशहर वडा नम्बर ७ कांग्रेसका वडा सभापति शम्भु पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ