arrow

तीन कम्युनिष्ट प्रमुखको देश दौडाहा कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
oli-prachanda-madhav.jpg
तस्बिर– फाइल

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा कम्युनिष्ट पार्टीका नेताहरु देश दौडाहामा लागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड, नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपाल स्थानीय तहको निर्वाचनको सम्मुखमा देश दौडाहामा लागेका हुन् ।

ओलीले कपिलवस्तु, बुटवल, वीरगञ्ज लगायतका स्थानमा पार्टी प्रवेशको कार्यक्रम सकाएर राजधानी फर्केपछि पनि पार्टीका विभिन्न चुनाव लक्षित कार्यक्रमहरुलाई सम्बोधन गरिसकेका छन् । शनिबारमात्रै तीन वटा कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनले सम्पर्क समन्वय कमिटी, मदन भण्डारी फाउण्डेशन, अनेरास्ववीयूले आयोजना गरेको बेग्लाबेग्लै कार्यक्रममा सम्बोधन गरेका थिए । 

सो कार्यक्रमलाई सम्बोधन गरेपछि पार्टी अध्यक्ष ओली आइतबार इलाम पुगेका छन् । आइतबार इलामको सूर्योदय नगरपालिका आयोजित कार्यक्रममा सम्बोधन गर्नेछन्  इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो । 

फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने जनाइएको छ । सभालाई ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्नेछन् । एमालेले गठबन्धनलाई तोड्न विभिन्न उपाएको खोजी गरिरहेको बेला देश दौडाहको कार्यक्रमलाई निरन्तरता दिएका छन् । 

एमाले अध्यक्ष ओली इलाम पुगेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पोखरा पुगेका छन् । चुनावी अभियानकै क्रममा अध्यक्ष प्रचण्ड पोखरा पुगेर स्थानीय तहको निर्वाचनमा एक्लै भाग लिने दाबी गरेका थिए । त्यतिमात्र हैन माओवादी सबैभन्दा ठूलो दल हुने दाबीसमेत उनको छ । साथै उनले गठबन्धन गर्न माओवादी जाने नभइ बाँकी सबै दलहरु माओवादीसँग मिल्न आउनु पर्ने उनको अडान छ । उनले अरुको बैशाखी नटेकी चुनानमा जाने उद्घोषसमेत गरेका छन् । 

विराटनगर, धनगढी, सिन्धुली लगायतका कार्यक्रमलाई सम्बोधन गरिसकेका प्रचण्डले आज पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । नेपाली कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा रहेको नेकपा माओवादीले पछिल्लो पटक एक्लै निर्वाचन जाने भन्न थालेको छ । कांग्रेसभित्र गठबन्धन गर्नुहुन्न भन्ने मत बलियो बन्दै गएपछि प्रचण्डले पनि नेकपा माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको बताउन थालेका हुन् । 

उनले गठबन्धन विना नै देशभर माओवादीको उभार रहेको बताउँदै आएका छन् । काठमाडौं बाहिरका कार्यक्रमहरुमा प्रचण्डले सो कुरा बताउन थालेका हुन् । प्रचण्डले देशभरिको अवस्था हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताउन थालेका छन् । उनले तालमेलबिना नै माओवादी फेरि पहिलो पार्टी बन्न सक्ने बताउदै आएका छन् ।

‘०६४ मा ठूला भनेका दलले माओवादीको पाँच सिट आउँछ होला भनेका थिए तर जनताले हामीलाई प्रत्यक्षतर्फ झण्डै बहुमत दिए । ०७४ को परिणाम हाम्रा अगाडि छ। अब ०७९ मा चुनावमा जाँदा देशैभरिको सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेका छौं,’ आइतबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने । 

त्यस्तै नेकपा एस पार्टीका अध्यक्ष माधव नेपालले पनि एमालेले जितेका स्थानमा आफू उम्मेदवार हुने र गठबन्धनको आडमा त्यहाँ निर्वाचन जित्ने दाउमा लागेका छन् । उनी पनि अहिले काठमाडौं बाहिर रहेका छन् । 

शनिबार मात्रै गोरखामा रहेका अध्यक्ष नेपालले अहिलेको आवश्यकता गठबन्धनको भएकाले वर्तमान सरकार अहिलेको पाँच दलीय गठबन्धन नभत्किने बताएका छन् । 

चुनावी कार्यक्रम र संगठन निर्माणको त्रममा उनको पनि दौडधुप जारी रहेको छ । सो पार्टीका अर्का सम्मानित नेता झलनाथ खनाल पनि काठमाडौं बाहिर रहेका छन् । उनले एमालेको मतपत्र खाली हुने र एस पार्टीको मत पत्रमा जनाताले भोट हाल्ने दाबी गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ