arrow

पौडी खेल्ने क्रममा नारायणीमा नवराज बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
Gandak-Barrage-over-Narayani-River.jpg.jpeg

नवलपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । 

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिका-१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका-९ घर भई देवचुलीस्थित आफन्तको घरमा आएका १६ वर्षीय नवराज श्रेष्ठ आज बिहान बेपत्ता भएका हुन् । 

पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको अवस्था अहिलेसम्म पनि अज्ञात रहेका कारण उनको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । 

पौडी खेल्दा बेपत्ता भएको स्थान र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य तीव्र पारिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ