arrow

खनालको निर्वाचन क्षेत्र इलाम पुगेर ओलीले भित्राए कार्यकर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
oli-ilam.JPG

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम पुगेर पार्टी प्रवेश गराएका छन् । आइतबार इलामको फिक्कलमा विभिन्न पार्टीका कार्यकर्तालाई एमालेमा ओलीले प्रवेश गराएका हुन् ।

 पार्टी प्रवेश गराउँदै ओलीले भने 'तपाईँहरू अरू पार्टी परित्याग गरेर आउनुभएको छ । तपाईँहरू बुझेरै नै आउनुभएको छ । तपाईँको चेतनालाई म सलाम भन्न चाहन्छु।' 

उनले अहिले पार्टी प्रवेशको लहर नै लागेको बताए ।  कार्यक्रममा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल र झलनाथ खनालप्रति लक्षित गर्दै उनले एमालेको बलमा सांसद र उपमेयरले फुली लगाएको बताए । 

आगामी निर्वाचनमा पाँच दल बढारिने उनले सुनाए । उनले भने, ‘एमालेले देशभरबाट पाँच दललाई एउटै कुचाले बढार्ने छ ।’ फिक्कलमा आयोजित सभामा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु रिजाल लगायत नेताहरू पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ