arrow

एमाले सांसद नवीना लामाका बुबा माणिक पक्राउ, बम राख्नेसँग शंकास्पद संलग्नता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
nabina-lama-manik-lama.jpg

काठमाडौं । काठमाडौंमा बम राखेको अभियोगमा पक्राउ परेका आरोपितसँगको शंकास्पद संलग्नतापछि नेकपा एमालेकी सांसद नवीना लामाका बुबा माणिक लामा पक्राउ परेका छन् ।

करीव एक महिना अगाडि काँडाघारी नजिकै बम राखेको घटनामा संलग्न व्यक्तिहरूसँग सम्पर्कमा रहेको अभियोगमा प्रहरीले माणिकलाई पक्राउ गरेको उच्च स्रोतले जनाएको छ । उनलाई तीनकुनेस्थित प्रहरी कार्यालयमा थुनामा राखिएको छ ।

माणिकको समूहले गत फागुन १५ गते अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अनुमोदन भएको दुई दिनपछि काँडाघारी नजिकै बम राखेर स्थानीयलाई आतंकित तुल्याएको प्रहरी स्रोतको भनाइ छ ।

माणिककी छोरी नवीना एमालेको समानुपातिक सांसद हुन् । उनको गृहजिल्ला काभ्रेपलाञ्चोक हो । नवीना एमालेको भ्रातृ संगठन अनेरास्ववीयूकी पूर्वअध्यक्ष हुन् ।

बम राख्ने समूह र माणिकबीच पटक–पटक टेलिफोन सम्पर्क गरेको देखिएपछि पक्राउ गरेको बुझिएको छ । उनको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ