arrow

रामेछापको गोकुलगंगामा केएमसीको दुई दिने निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
KMC-Health-Camp-(2).jpg

रामेछाप । रामेछापको गोकुलगंगा–३ मा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । गोकुलगंगा गाउँपालिका र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको हो ।

पालिका अस्पताल रस्नालुमा सञ्चालित शिविरमा पहिलो दिन ९६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा २११ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो एक्सरे र १५३ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै ५५ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४७ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ । शिविर मंगलबार पनि जारी रहने छ ।

केएमसीले शुक्रबार भक्तपुरको दधिकोटमा स्वास्थ्य शिविर सञ्चालन गरेर ९६५ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । डा. सुनिल शर्माको प्रवेशसँगै केएमसीले गत वर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ