arrow

पूर्वमन्त्री सिंह र कलाकार मानन्धर एमालेमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
uml-parliamentary-meet-2078.jpg
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह, कलाकार करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह एमालेमा प्रवेश गरेका हुन् । सिंह प्रचण्ड नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री थिए ।

 पार्टी प्रवेशसँगै अभिनेत्री मानन्धरले अध्यक्ष ओलीको प्रेरणाले एमालेमा प्रवेश गरेको बताएकी छिन् । मानन्धर यसअघि बाबुराम भट्टराईको नयाँ शक्तिमा रहेकी थिइन् । 

एमाले प्रतिपक्षमा रहेर पनि सशक्त भूमिका निर्वाह गरिरहेको मानन्धरको भनाइ छ । उनले मुलुकको परिवर्तनका लागि काम गर्नै एमाले रोजेको बताइन् ।

उनीहरुलाई अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले स्वागत गरेका थिए । सोही अवसरमा पर्सा जिल्लाको माओवादी केन्द्रका बाबुराम कौसिक र जनता समाजवादीका कार्यकर्ता पनि सोही पार्टीमा प्रवेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ