- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । १८ वर्षपछि शेर्पा समुदायका अगुवा नेता नाम्गेल शेर्पा नेकपा एमालेमा प्रवेश गरेका छन् । शेर्पा १८ वर्षसम्म माओवादी केन्द्रको विभिन्न पदमा रहेर पुनः एमालेमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य रहेका शेर्पालाई मङ्गलवार अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका छन् ।
शेर्पाले रामेछापबाट विद्यार्थी राजनीति गरेका हुन् । उनी नेकपा एमाले निकट अनेरास्ववियूमा आबद्ध थिए । रामेछापका शेर्पा सरस्वती क्याम्पसको स्ववियू सचिव हुदै २०५५ सालमा अनेरास्ववियूका अध्यक्ष थिए ।
शेर्पा एमाले विभाजनपछि नेकपा मालेमा लागे भने माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादीमा भित्रिए । उनी शेर्पा सङ्घका पूर्व महासचिव पनि हुन् । गृह जिल्ला रामेछाप शेर्पा समुदायमा उनको राम्रो प्रभाव छ ।
नाम्गेल माओवादीको केन्द्रीय कमिटीमा थिए । उनी माओवादीको जातीय सङ्गठन शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव थिए ।
शेर्पाले १८ वर्षपछि एमालेमा फर्किन पाएकोमा खुशी व्यक्त गरेका छन् । शेर्पाले १८ वर्ष माओवादीमा काम गर्ने अवसर दिएकोमा अध्यक्ष प्रचण्डलाई समेत धन्यवाद दिएका छन् । एमालेको काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी एमाले भित्रिएका हुन् ।