arrow

एमालेका प्रदेश कमिटी सदस्यसहित पूर्व गाविस अध्यक्ष कांग्रेसमा प्रवेश 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
sakriya-sadhasya.PNG

धुलिखेल। काभ्रेपलाञ्चोकमा नेकपा एमालेका प्रभावशाली जिल्ला नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमालेका प्रदेश कमिटी सदस्य र पूर्व गाविस अध्यक्षसहितका व्यक्तिहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईँले दिएको जानकारी अनुसार नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाईँसहित पूर्व गाविस अध्यक्ष साधुराम बडाल , उपाध्यक्ष विष्णुबहादुर बस्नेत , निर्वाचित वडा सदस्य तथा धुलिखेल एमाले नगरकार्यपालिका सदस्य उपेन्द्र हुमागाईँ कांग्रेसमा प्रवेश गरेका छन् ।

साथै नेकपा एमालेका नेता माधवमणि हुमागाईँ, जिल्ला सदस्य मुरारी हुमागाईँ , एमाले नगरपालिका सदस्य पुरुषोत्तम बस्नेत , नगर एमाले नगर सदस्य यादव गौतम ,धनञ्जय हुमागाईँ, अर्जुनबहादुर भुजेल , रामकृष्ण भुजेल लगायत सयौँको सङ्ख्यामा नेकपा एमालेलगायत विभिन्न पार्टी परित्याग गरेका राजनीतिककर्मीहरु कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस काभ्रोपलाञ्चोकद्धारा धुलिखेलमा आयोजित एक विशेष कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरणले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्ने जिल्ला नेता तथा कार्यकर्ताहरूलाई पार्टीको सदस्यता वितरण गरेका थिए । 

हुमागाईँ तत्कालीन जिल्ला विकास समितिका सदस्य तथा नेकपा एमालेका पूर्व क्षेत्रीय अध्यक्ष रहिसकेका व्यक्ति हुन् । उनी नेकपा एमालेका प्रदेश कमिटी सदस्य पनि थिए । तीन दशक लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुमागाईँ भूमि आयोग काभ्रेका जिल्ला संयोजक समेत रहेका थिए ।

स्थानीय निर्वाचनको मुखमा एमालेका प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेकोले धुलिखेलसहित समग्र काभ्रे जिल्लामा नेपाली काँग्रेसलाई फाइदा हुन पुगेको छ । केही दिन अघि मात्रै धुलिखेल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष निराजन जङ्गमले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । यसले धुलिखेल नगरपालिकाको आउँदो चुनावमा नेपाली काँग्रेसलाई बलियो बनाउन मद्दत पुर्‍याएको छ । नेकपा एमालेको जिल्ला अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु श्रेष्ठको जलाधार कमजोर बनाएको छ । 

नेपाली कांग्रेसका प्रवक्ता डा. महतले देशको विकास र जनताको सुख समृद्धिको लागि काम गर्ने पार्टी नै नेपाली कांग्रेस भएकोले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न उनीहरूले लिएको निर्णयको सही भएको बताए । उनीले नेपाली कांग्रेसको आदर्श,सिद्धान्त,नीति तथा कार्यक्रमबाट आकर्षित भएर पार्टीमा प्रवेश गरेका राजनीतिकर्मीलाई स्वागत गर्दै शुभकामना पनि दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ