arrow

एमाले केन्द्रीय कमिटी : प्रतिवेदनमाथि बिहीबार छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
uml-cpmitee.PNG

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकमा आज प्रस्तुत भएका प्रतिवेदनमाथि बिहीबार छलफल हुने भएको छ । 

स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको सो बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको पार्टीका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
   
बैठकमा चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत ११ कार्यसूची छन् । 

बैठकमा शपथग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले पार्टी अध्यक्ष ओलीसमक्ष शपथ लिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ