arrow

यी हुन् स्थानीय तहको निर्वाचन जित्ने केपी ओलीका १८ आधार (राजनीतिक प्रतिवेदन पूर्णपाठ)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
kp-sharma-oli-new-2078-12-09.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा २६ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गर्दै १८ बुँदामा एमालेले स्थानीय तहको चुनाव जित्ने आधार प्रस्तुत गरेका छन् । आफ्नो नेतृत्वमा बनेको सरकारले गरेका कामलाई उनले निर्वाचन जित्ने आधारका रुपमा प्रस्तुत गरेका हुन् । 

१,पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाक्षा ।
२, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिबृद्धिका लागि गरेको असाधारण योगदान।
३, केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्त्वपूर्ण भूमिका, प्राप्त गरेका उपलब्धि र तिनले समाजमा ल्याएको परिवर्तन ।
४, स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन पार्टीले २०४७ सालदेखि नै खेलेको भूमिका, स्थानीय स्वायत्त शासनको अवधारणा २०५४ र स्थानीय तहदेखि नै महिला र दलितको समावेशिताका लागि पार्टीको भूमिका ।
५, राज्यका हरेक अंगमा न्यूनतम एक तिहाई महिला सहभागिताका लागि पार्टीको नेतृत्वदायी योगदान ।
६, नेपालको संविधान निर्माणका क्रममा तीन तहको संघीय ढाँचा र स्थानीय तहलाई संवैधानिक प्रत्याभूति दिन पार्टीले खेलेको भूमिका, स्थानीय तहलाई प्रदेशको तजबिजी अधिकारभित्र राख्न विभिन्न दलबाट प्रकट भएका हानिकारक प्रस्तावको प्रतिवाद ।
७ नेकपा एमाले नेतृत्वको सरकारले स्थानीय तहलाई प्रभावकारी बनाउन गरेको वित्तीय, कानुनी र प्रशासनिक योगदान ।
८, प्रत्येक पालिकामा आधारभूत अस्पताल प्रशासनिक भवन, प्रत्येक पालिका केन्द्र जोड्ने सडक, प्रत्येक निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडक लगायत कार्यक्रम । 
९, तराईका जिल्लामा सघन सहरी विकास कार्यक्रम र तराई–मधेस समृद्धि कार्यक्रममार्फत गरिएको लगानी एवं सुनकोशी–मरिन र भेरी–बबई डाइभर्सन जस्ता रूपान्तरणकारी योजनाको थालनी ।
१०, एक घर एक धारा, खरको छाना विस्थापन, भूमिहीनलाई आवासलगायत सरकारका जनमुखी कामहरू ।
११, सरकार परिवर्तन हुनासाथ स्थानीय तहलाई प्रदेशको तजबिजमा राख्न चलाइएको असंवैधानिक प्रयासलाई निष्फल पार्न पार्टीको भूमिक ।
१२, पार्टीले विजय हासिल गरेका स्थानीय तहमा हासिल उपलब्धि र महत्त्वपूर्ण काम ।
१३, भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जयनगर–जनकपुर–कुर्था, पूर्व–पश्चिम रेलमार्ग निर्माणलगायत पूर्वाधार विकासमा दूरगामी महत्त्वका रणनीतिक योजनाहरूको थालनी ।
१४, संघीय संरचना र नयाँ प्रणालीको संस्थागत विकासका लागि गरिएका योजनाबद्ध कामहरू। मौलिक हकको व्यवहारिक कार्यान्वयनका लागि नयाँ कानूनहरूको निर्माण।
१५, नेकपा (एमाले) नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै नागरिकको जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षाको अवधारणा विकास । स्वास्थ्य बीमा, योगदानमाथि आधारित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण कामहरूको थालनी।
१६, महामारी र प्राकृतिक विपत्तिका विरुद्ध हाम्रो सरकारले खेलेको प्रभावकारी भूमिका ।
१७, भूकम्पपछिको पुनर्निर्माणमा सरकारले हासिल गरेको असाधारण सफलता,
१८, सिके राउत समूह र विप्लव समूहसँग वार्ता, पृथकतावादको अन्त्य र हिसाको शान्तिपूर्ण अवतरणजस्ता राजनीतिक समस्याको समाधानमा ठूलो सफलता, आदि ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ