arrow

मेडेलिनको निधनमा परराष्ट्रमन्त्रीद्वारा शोक व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
Narayan-khadka-FB.jpg

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले पूर्वअमेरिकी विदेशमन्त्री मेडेलिन अल्ब्राइटको निधन भएकामा गहिरो दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन् । 

राष्ट्रपति बिल क्लिन्टनको प्रशासनमा पहिलो महिला विदेशमन्त्रीका रूपमा अमेरिकी विदेश नीतिलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनको बुधबार ८४ वर्षको उमेरमा निधन भएको हो । उनी क्यान्सरबाट पीडित थिइन् ।

“म्याडम अल्ब्राइटले नेपाल-अमेरिका सम्बन्धलाई मजबुत बनाउन गर्नुभएको योगदान र मानवताप्रतिको करुणाका लागि नेपाली जनताले सम्झिरहनेछन् ”सामाजिक सञ्जालमा मन्त्री खड्काले समवेदना व्यक्त गर्दै लेखेका छन्।

 एक शरणार्थी, आप्रवासी महिला उनलाई प्रतिभाशाली रणनीतिकार एवं कूटनीतिक ‘रोल मोडेल’ का रूपमा धेरै अमेरिकी महिला कूटनीतिज्ञहरूले लिने गरेका छन् । 

अमेरिकाको उच्च कूटनीतिज्ञ बन्नु अघि संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतको रूपमा सेवा गरेकी उनले आणविक हतियारको अप्रसार रोक्न तथा विश्वभर मानवअधिकार र लोकतन्त्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ