arrow

एसिया कप छनोटको तयारीमा निस्केको नेपाल थाइल्यान्डसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
nepal-thailand-football-friendly-2022.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल थाइल्यान्डसँग २–० ले पराजित भएको छ ।  थाइल्यान्डको चोनबरीमा भएको खेलमा नेपालले पहिलो हाफमा घरेलु टोलीलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल बेहोर्न पुग्यो ।

थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे ।  फिलिपले ७८औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाए । चाओवाटले ८९ औं मिनेटमा गोल गर्दै थाइल्यान्डको जित सुनिश्चित गरे ।  

यस खेलसँगै प्रशान्त अवस्थीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । अब नेपालले १३ गते थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबरी एफसीसँग खेल्नेछ ।

एसिया कप छनोटमा नेपालसहित समूह ए मा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।



नयाँ