arrow

जीआईएफ निर्माता स्टिफन विल्हाइटको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
gif.png

काठमाडौं । जीआईएफका निर्माता अथवा संस्थापक स्टिफन विल्हाइटको निधन भएको छ । सन् १९८७ मा कम्युसर्भ नामक कम्पनीमा काम गर्ने बेला स्टिफनले पहिलो ग्राफिक्स इन्टरचेन्ज फर्मेट (जीआईएफ) को बनाएका थिए । 

त्यतिबेलादेखि अहिलेसम्म जीआईएफ इन्टरनेट जगतमा प्रयोग हुनेमध्येको प्रमुख इमेज फर्मेट रहेको छ । स्टिफनले घरमा बसेर धेरै मेहेनत गरेर सम्पूर्ण रुपमा गिफ तयार पारेपछि यो सार्वजनिक गरेका थिए ।

७४ वर्षको उमेरमा कोरोना भाइरसको संक्रमणका कारण उनको मृत्यु भएको दि गार्डियनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ