बेकोको "सेट अ न्यू ट्रेडिशन" योजना बजारमा सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
270
Shares
काठमाडौँ। युरोपियन इलेकट्रोनिक्स ब्राण्ड बेकोले नजिकिइरहेको नेपालीहरूको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै "सेट अ न्यू ट्रेडिशन" नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।
उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जसअनुसार वशिङ मसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको एरिएल वशिङ पाउडर उपहार पाइन्छ भने दिशवासरको खरिदमा एक प्याकेट फोर्चुन दिशवासर त्याब्लेतका साथै पिजन फ्राइ प्यान उपहार पाइन्छ।
उक्त योजन चैत्र ११ ,२०७८ देखि सीमित अवधिका लागि लागू गरिएको छ। बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी इलेकट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।