arrow

एमाले छोडेर अर्जुन कांग्रेसमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
arjun-basnet.PNG

धरान । नेकपा एमालेका सक्रिय युवा नेता अर्जुन बस्नेतले एमालेको सङ्गठित सदस्य त्यागेर नेपाली कांग्रेस प्रवेश गरेका छन् । धरान ६ घोपाली टोलका उनले पार्टीप्रति वितृष्णा जागेर नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।  

उनले एमालेले जनतालाई ढाट्ने र छल्ने मात्र गर्ने गरेको भन्दै नेपाली कांग्रेस ६ नं. वडामा पार्टीको सशक्तीकरण तथा सुदृढीकरण अभियान र प्रशिक्षण कार्यक्रमको अवसरमा प्रवेश गर्न आएको बताए ।

 उनलाई नेपाली कांग्रेसका क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले खादा र अबिर लगाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए ।
 
सो अवसरमा जिल्ला सदस्य विन्दु राई, क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरी, प्रदेशसभा निर्वाचन क्षेत्र समिति १(१) का उपसभापति झुमादेवी राई, क्षेत्रीय सदस्यद्धय शुक्रराज राई र रिता खनाल, निवर्तमान क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाईँ, नगर सदस्यद्धय रुपेश भट्टराई र राम विष्ट, सल्लाहकारहरू कर्णबहादुर कार्की, परशुराम केसी, चन्द्र काफ्ले, वडा सभापति पदम पौडेल लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ