arrow

भारत महिला विश्वकप क्रिकेटबाट बाहिरियो, दक्षिण अफ्रिकासँग अन्तिम बलमा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
Screenshot 2022-03-27 143543.jpg

काठमाडौं । भारतीय महिला क्रिकेट टिम न्यूजिल्याण्डमा जारी आईसीसी विश्वकप एक दिवसीय क्रिकेटबाट बाहिरिएको छ । अन्तिम खेलमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत बाहिरिएको हो । यो खेल जित्दा भारत सेमिफाइनलमा पुग्ने थियो । 

२७५ रनको चुनौती पछ्याएको दक्षिण अफ्रिकाले अन्तिम बलमा जित निकालेको हो । दक्षिण अफ्रिकाका लागि लाउरा वोल्भार्दातले ८० तथा मिग्नन डू प्रेजले अविजित रहँदै ५२ रन बनाइन् । 

राजेश्वरी गायकवाड र हरमनप्रित कौरले समान २–२ विकेट लिए । तीन खेलाडी रनआउट भएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा २७४ रन बनाएको थियो । भारतका लागि ओपनर स्मिृति मन्धनाले ७१, कप्तान मिथाली राजले ६८, शाफाली वर्माले ५३ तथा हरमनप्रित कौरले ४८ रन बनाएकी थिइन् । 

दक्षिण अफ्रिकाकी शबनिम स्माइल र मसाबाता क्लासले २–२ विकेट लिएका थिए ।  

सेमिफाइनल समीकरण–
यो खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । अष्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्गल्याण्ड र वेष्ट इन्डिज सेमिफाइनलमा पुगेका छन् । 

८ टिम सहभागी प्रतियोगिताबाट भारतसहित पाकिस्तान, बंगलादेश र न्यूजिल्याण्ड बाहिरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ