arrow

नीति पालनामा ग्लोबल आईएमई अगाडि छ, विदेशमा शाखा खोल्न अनुमति पाइसक्यौं- चन्दप्रसाद ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
chandra-prasad-dhakal.jpg

काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशबाट डलर (रेमिट्यान्स) नेपाल भित्र्याउन विदेशमै शाखा खोल्ने तयारी भएको बताएका छन् । आइतबार बैंकले २०७९ सालको भित्तेपात्रो विमोचन गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ग्लोबल आईएमई बैंकले दक्षिण कोरियामा शाखा खोल्नका लागि अनुमति पाइसकेको जानकारी दिएका हुन् ।

यस बाहेक ग्लोब उनले सरकार तथा राष्ट्र बैंकका हरेक नीति र निर्देशन पालना गर्ने पहिलो बैंक ग्लोबल आईएमई भएकोसमेत बताएका छन् । धेरै बैंक हुँदै जाँदा राष्ट्र बैंकले मर्जरका लागि ल्याएको नीति अनुरुप ग्लोबल आईएमई बैंकले नै सुरुमा बीग मर्जर सफल पारेको उनले बताएका छन् ।

यस्तै दुर्गम र विकट ठाउँमासमेत बैंकिङ सुविधा उपलब्ध गराउने सरकार र राष्ट्र बैंकको नीतिमासमेत ग्लोबल आईएमई बैंकले काम गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, 'बिग मर्जर नीति पनि हामीले नै सुरुमा सफल गर्‍यौं, पुँजी पनि ग्लोबल आईएमई बैंकको नै ठूलो छ, दुर्गम ठाउँमा बैंकिङ सेवा दिनेमा पनि हामी अगाडि नै छौं ।'

यस्तै चाँडै नै विदेशमा शाखा खोल्ने पहिलो बैंक ग्लोबल आईएमई बैंक बन्ने भएको उनले बताएका छन् । कार्यक्रममा बोल्दै उनले 'कोरियामा शाखा खोल्नका लागि राष्ट्र बैंकबाट स्वीकृति मिलिसकेको' बताए । याे कदमले तरलताको समस्या समाधानतर्फ मद्दत गर्ने अध्यक्ष ढकालकाे भनाइ छ ।

गत वर्ष झैं कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो वर्ष पात्रोको थिममा मिथिला चित्रकलालाई समावेश गरिएको छ । बैंककले सार्वजनिक गरेको पात्रोमा कलाकार अजितकुमार शाह र गिताकुमारी ठाकुरका मिथिला चित्रहरु राखिएका छन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले कला संस्कृतिलाई सम्वद्र्धन गर्नपनि बैंकले योगदान गर्दै आएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ