arrow

उत्पीडित समुदायको हक हितको लागि लड्ने एक मात्र पार्टी जसपा : राउत

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ चैत १४ सोमबार
jasapa-raut.PNG

जनकपुरधाम ।  मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित समुदायको एक मात्र हितैषी जनता समाजवादी पार्टी (जसपा) रहेको दावी गरेका छन्।   सोमबार सिराहाको लहानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै  मुख्यमन्त्री राउतले सदियौँ देखि शासक वर्गबाट शोषित हुँदै आएको उत्पीडित समुदायको हक हितको लागी लड्ने एक मात्र पार्टी जसपा रहेको दावी गरे। 

मधेस विद्रोह अघि शोषित रहेको समुदाय तत्कालीन मधेसी जनअधिकार फोरम र हालको जसपा नेतृत्वकै कारण समान सहभागिता पाउन थालेको जानकारी गराए। पुस्तौँ देखी ठुला पार्टीका नेता कहलाउनेहरू समेत अहिले मधेस विद्रोहको बलमा स्थापित आरक्षण कोटाबाट आफ्नै पार्टीमा स्थान पाई रहेको बताउँदै मुख्यमन्त्री राउतले भने ,‘मधेस आन्दोलनको बलमा आरक्षणको व्यवस्था लागु नभएको भए हाल उहाँहरूको अवस्था के हुन्थ्यो भन्ने सोचेर पनि दया लागि रहेको छ ।'

अन्य दलहरू आश्वासन दिने गरेको भए पनि जसपा र जसपा नेतृत्वको मधेस सरकार व्यवहारमा उतारेर देखाएको दावी समेत गरे। मुख्यमन्त्री राउतले मधेस सरकार जनसङ्ख्याको आधारमा आरक्षणको व्यवस्था, दलित , महिला, मुस्लिम लगायतको समुदायलाई राज्यको मूल धारमा ल्याउन गरेका प्रयासहरू ठोस उदाहरण रहेको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ