arrow

पूर्व प्रधानमन्त्री चन्दलाई वाङमय पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
chand-sammanit.PNG

काठमाडौं । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न विधाका साहित्यकारलाई पुरस्कृत तथा अभिनन्दन गरेको छ । 

प्रतिष्ठानले मङ्गलवार काठमाडौँमा आयोजना गरेको विविध पुरस्कार एवम् अभिनन्दन कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको ८४ औ वसन्त प्रवेशको अवसरमा अभिनन्दन तथा पुरस्कार वितरण गरिएको हो । 

प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना संक्रमणका कारण विगत वर्षमा रोकिएको सम्मान कार्यक्रम यस वर्ष गरिएको बताए ।

 प्रतिष्ठानले २०७५ सालको १ लाख रुपैयाँ राशिको मणिराज वाङमय पुरस्कार पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा. तुलसी भट्टराई लाई प्रदान गरेको छ । 

यसै गरी गोदावरी प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ । यसरी नै स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार साहित्यकार भरतराज पौडेललाई प्रदान गरिएको छ । 

प्रतिष्ठानले शास्त्री देवराज आचार्य पुरस्कार २०७६ प्रा.डा. रामचन्द्र भट्ट र खड्ग बहादुर प्रतिभा पुरस्कार लक्की बहादुर चौधरीलाई प्रदान गरिएको छ । 

सो अवसरमा पूर्व प्रधानमन्त्री चन्दले डा. तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चिन देखेपछि’ नामक यात्रा वृत्तान्त पुस्तक समेत लोकार्पण गरेका छन्।

सो अवसरमा पूर्व प्रधानमन्त्री चन्दले साहित्य समाजको आत्मा भएकाले साहित्य विना मानव जिवन निरस हुने बताए । 

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी, महासचिव मदनराज जोशी, साहित्यकार तुलसी भट्टराई लगायतका साहित्यकारले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ