- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय परिचालन समिति र प्रचारप्रसार समिति गठन गरेको छ । चार दिनसम्म घनिभूत रुपमा चलेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको हो ।
यसलाई सभापतिले आवश्यकताअनुसार पूर्णता दिने उल्लेख गरिएको छ । त्यस्तै स्थानीय तह केन्द्रीय प्रचारप्रसार समिति पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकतत्वमा गठन गरेको छ ।
शुक्रबारदेखि बसेर मंगलबार साँझ सकिएको बैठकले विभिन्न आठ वटा निर्णय गरेको छ ।