arrow

स्थानीय अवस्था र आवश्यकताअनुसार गठबन्धन दलहरुसँग तालमेल गर्ने कांग्रेसको नीतिगत निर्णय 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
congress-cwc-meeting-2078-12-14.jpg

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र अवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलहरुसँग तालमेल गर्न सकिने नीतिगत निर्णय गरेको छ । 

चार दिनसम्म घनिभूत रुपमा पार्टी मुख्यालय वीपीनगर सानेपामा बसेको बैठकले स्थानीय अवस्था र आवश्यकता अनुरुपमात्र गठबन्धनमा रहेका अन्य दलहरुसँग तालमेल गर्न सकिने नीतिगत निर्णय गरेको हो । 

त्यस्तै स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप कार्य अगाडि बढाइने पनि बैठकले निर्णय गरेको छ । 

चार वटा संसदीय बोर्डले वडा तहदेखि पालिका, उपमहानगरपालिका र महानगरपालिकासम्मको निर्णय गर्ने भएको हो । 

त्यस्तै स्थानीय तहको निर्वाचनमा बहुसख्यक तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र ब्यापक बनाउन  गठबन्धन अन्य दलहरुसँग तालमेल गर्ने निर्णयसमेत भएको हो । 

स्थानीय तह निर्वाचन केन्द्रीत ‘घर घर जाउँ कांग्रेस जिताउँ’ अभियानले नेपाली कांग्रेसको विजयको आधारलाई थप मजबुत र व्यापक बनाउँदै लगेको निष्कर्ष पार्टीले गर्दै यो परिस्थितिमा थप उत्साहका साथ निर्वाचन अभियानमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अपीलसमेत गरेको छ । 
कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि परिचालन र प्रचार समिति गठन गर्‍यो

शुक्रबारदेखि बसेर मंगलबार साँझ सकिएको बैठकले विभिन्न आठ वटा निर्णय गरेको छ । 



नयाँ