- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले विजयी शुरुआत गरेको छ । मंगलबार राति राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको हो ।
राजस्थान आईपीएलको पहिलो संस्करणको विजेता हो । त्यसका कप्तान थिए अष्ट्रेलियन लिजेन्ड स्पिन बलिङका बादशाह शेन वार्न । तर उनको गत महिना अचानक हृदयाघातका कारण ५२ वर्षको उमेरन निधन भएको छ ।
उनै पूर्वकप्तान वार्नलाई सम्झेर राजस्थानका फ्यानहरु मैदानमा आएका थिए । पुनेमा भएको खेलमा राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४९ रन बनाउन सक्यो ।
हैदरावादका लागि एडिन माक्रमले सर्वाधिक ५७ रन बनाए । वासिङटन सुन्दरले ४० तथा रोमारियो शेफर्टले २४ रनको योगदान गरे ।
राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २–२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० को विशाल योगफल तयार पारेको थियो । राजस्थानका कप्तान सन्जु सामसनले सर्वाधिक ५५ रन बनाए । यस्तै देबदुत पडिकलले ४१ रन जोड्दा जोश बट्लरले ३५ रन बनाए ।
आक्रमक ब्याटिङ गरेका सिम्रन हिटमयेरले ३२ तथा यासभी जैशवालले २० रनको योगदान गरे ।