arrow

एमाले सरकारका उपलब्धिलाई जनतामा लान ओलीको निर्देशन

गठबन्धन उहाँहरूको छनोट होइन, एमालेलाई फरक पार्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
pm-oli-balwatar_1617718147.jpg

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिएका छन् ।

आशन्न स्थानीय तहको निर्वाचनको प्रतिबद्धता-पत्र तयारीसम्बन्धी कार्यशालालाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर अघि आए पनि कुनै फरक नपर्ने गरी काम गर्न पनि आग्रह गरे । 

पार्टीका देशभरकै स्थानीय तह हेर्ने नेतृत्वलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौँ मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुननिश्तित छ ।”

एमालेका उपाध्यक्ष एवं घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेलले प्रतिबद्धतापत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्दै जनताका बीचमा पुग्न आग्रह गरे । 

भर्चुअल बैठकमा पार्टीका स्थायी कमिटीका सदस्य, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पार्टीका तर्फबाट गत निर्वाचनमा स्थानीय तहमा निर्वाचित पालिकाका प्रमुख सहभागी थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ