arrow

जुम्लामा ६७ हजार ७४४ मतदाता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
Jumla_District.png

खलङ्गा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले आवश्यक तयारी गरेको छ । स्थानीय तह निर्वाचनमा जिल्लामा ६७ हजार ७४४ मतदाता सहभागी हुनेछन् ।  

सबैभन्दा धेरै मतदाता चन्दननाथ नगरपालिकामा ११ हजार ८२० रहेको निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए । तीमध्ये पाँच हजार ८४७ पुरुष, पाँच हजार ९७३ महिला  छन्  । कनकासुन्दरी गाउँपालिकामा नौ हजार १३२ मतदातामध्ये चार हजार ८५० पुरुष, चार हजार २८२ महिला मतदाता छन् ।

गुठीचौर गाउँपालिकामा ६ हजार ५२४ मतदातामध्ये तीन हजार ३९३ पुरुष र तीन हजार १२८ महिला मतदाता छन् भने तातोपानी गाउँपालिकामा नौ हजार ३२० मतदातामध्ये चार हजार ८८३ पुरुष, चार हजार ४३० महिला मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । 

निर्वाचन कार्यालयका अनुसार तिला गाउँपालिकामा चार हजार १८६ पुरुष, तीन हजार ७६६ महिला गरी सात हजार ९५२ मतदाता छन् भने पातारासी गाउँपालिकामा चार  हजार ५१३ पुरुष र चार हजार ३५ महिला गरी आठ हजार ४४८ मतदाता छन् ।

आठ हजार १६१ मतदाता रहेको सिञ्जा गाउँपालिकामा चार हजार ३१६ पुरुष र तीन  हजार ८४३ महिला छन् भने ६ हजार २८७ मतदाता रहेको हिमा गाउँपालिकामा तीन हजार २८२ पुरुष र तीन हजार पाँच महिला रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले जानकारी दिए । 

त्यस्तै चन्दननाथ नगरपालिकामा १० मतदान स्थल र १६ मतदान केन्द्र कायम गरिएको छ भने हिमा गाउँपालिकामा नौ मतदान स्थल र ११ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार सिञ्जामा सात मतदान स्थल र १२ मतदान केन्द्र, पातारासीमा १० मतदान स्थल र १३ मतदान केन्द्र, तिलामा १२ मतदान स्थल र १३ मतदान केन्द्र कायम गरिएको छ । तातोपानीमा नौ मतदान स्थल र १३ मतदान केन्द्र, गुठीचौरमा आठ मतदान स्थल र नौ मतदान केन्द्र र कनकासुन्दरी गाउँपालिकामा १४ मतदान स्थल र १५ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 

एक नगरपालिकासहित सातवटा गाउँपालिका गरी आठवटा स्थानीय तह रहेको जुम्लामा जिल्लाभरि ७९ मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ