arrow

तनहुँमा बस दुर्घटना, १५ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
accident-1.jpg

पोखरा । तनहुँमा आज बिहान ११ः३० बजे बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ जाँदै गरेको बा५च ५८१७ नं. को बस र दमौलीबाट पोखरा आउँदै गरेको ग१ख ५९०० नं. को बस तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ शेराटारमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा ल्याइएको छ ।

तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ४ का ३२ वर्षीय राज परियार र लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ५ का ५० वर्षका लक्ष्मण रायमाझीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइन्छ ।

दुवै बसका चालकसहित अन्य ११ जना घाइतेको जीपी कोइराला स्वासप्रस्वास केन्द्र दुलेगौंडा र दमौली अस्पतालमा उपचार भइरहेको डिएसपी खड्काले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ