arrow

चुनावमा तरुण शक्ति लगाउने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
Tarun-Dal.jpg

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टीलाई जिताउन सम्पूर्ण तरुण शक्तिको प्रयोग गर्ने भएको छ । 

तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै निर्णयानुसार जिल्ला समितिले जिल्ला समिति, जिल्ला मातहतका संघीय निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म निर्वाचन परिचालन एवं सहयोग समिति बनाई प्रत्येक मतदान केन्द्रहरुमा तरुण स्वयंसेवकसमेत परिचान गर्ने अवस्थासमेत मिलाउन निर्देशन दिएका छन् । 

त्यस्तै तरुण दलको चौथो महाधिवेशनको सन्दर्भमा जिल्ला, संघीय निर्वाचन क्षेत्र, पालिका र वडा समितिहरुमा विभिन्न जिम्मेवारीमा रही कार्य गर्दै आएका तरुण तलका नेताहरुलाई अर्को निर्णय नभएसम्मका लागि यथास्थितिमा रही काम गर्नसमेत अध्यक्ष गुरुङले निर्देशन दिएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ