arrow

राष्ट्रपति भण्डारीबाट पाँच अध्यादेश जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायबमोजिमका अध्यादेशहरू जारी गरेकी हुन् । 

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश- २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश-२०७८ रहेको छ । 

त्यसैगरी तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश-२०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश-२०७८ प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ