arrow

बाँके कांग्रेस प्रवक्तामा डिल्ली र प्रेस सल्लाहकारमा नवीन नियुक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
banke-congress-prabakta.jpg

नेपालगन्ज । नेपाली काँग्रेस बाँकेको प्रवक्तामा डिल्ली गिरी र प्रेस सल्लाहकारमा नवीन गिरी नियुक्त भएका छन् । 

जिल्ला सदस्य डिल्ली गिरीलाई प्रवक्ता र बागेश्वरी पोस्टडटकमका प्रधान सम्पादक नवीन गिरीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको सभापति गौडेलले जानकारी दिएका छन् ।

जिल्ला कार्यसमितिका हरेक गतिविधिहरू पारदर्शी गर्ने उद्देश्यले पार्टीका क्रियाकलाप सार्वजनिक गर्नका लागि डिल्ली गिरीलाई प्रवक्ता नियुक्त गरिएको सभापति गौडेलले बताए ।डिल्ली गिरी नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का निवर्तमान सचिव हुन् ।

त्यस्तै पत्रकार नवीन गिरीलाई मिडियामा पार्टीको सहज पहुँच तथा पार्टीलाई प्रेस (मिडिया) सम्बन्धी आवश्यक सल्लाह-सुझाव दिने गरी प्रेस सल्लाहकार नियुक्त गरिएको सभापति गौडेलले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ