arrow

राष्ट्र बैंकका कार्यकारी निर्देशकले भने- नेपालको अर्थतन्त्र भयावह अवस्थामा छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
gudkar-bhatta.PNG

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो आजको अवस्थामा अर्थतन्त्र भयावह छैन । अर्थतन्त्रका आधार त्यति कमजोर छैनन् । हाम्रो अर्थतन्त्रका ब्राइट पक्ष पनि छन् । यी आधारले गर्दा अहिले देखिएका दबाबलाई पनि भोलि सम्बोधन गर्न सकिन्छ ।’

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टले यस्तो बताएका हुन् । उनले भने,‘कोभिडपछि विश्व अर्थतन्त्र रिकोभरीको बाटोमा गएको थियो । रसिया-युक्रेनको युद्धको कारणले नेपाल मात्रै नभएर ईस्ट एसियाका मुलुकमा प्रभाव देखिएको छ । एउटा म्यानुफ्याक्चरिङ सेक्टरमा, कच्चा पदार्थको आपूर्ति प्रभावित भएको छ। कच्चा पदार्थको परिमाणमा त्यस्तो धेरै ठूलो असर नभए पनि, त्यसको केही संवेदनशील वस्तु छन्, कार उत्पादनको लागि चाहिने त्यसमा प्रभाव परेको छ । सप्लाई चेनलाई समस्या परेको छ । अन्तर्राष्ट्रिय स्तरमा यो सेक्टर प्रभावित भएको छ । त्यसको असर नेपालमा पनि परेको छ।’

उनले नेपालको मुद्रा स्फीतिमा पनि समस्या परेको उल्लेख गरे । उनले भने,‘अहिले सार्वजनिक मुद्रा स्फीतिमा दबाब परेको छ। चाप परेको छ। अमेरिकामा मुद्रा स्फीति २ प्रतिशत भइरहेको हुन्थ्यो, अहिले अमेरिकामा मार्चको ईन्फ्लेशन ८ देखि १० प्रतिशत पुग्छ कि भन्ने आङ्कलन आइरहेको छ । विकसित मुलुक पनि अहिले मूल्यवृद्धिको चापमा परेका छन् । उनीहरू विदेशी मुद्रा स्फीतिको चापमा परेका छन् । किनभने म्यानुफ्याक्चरिङको आपूर्ति प्रभावित भएको छ, पेट्रोलियम पदार्थको मूल्यवृद्धि पनि भएको छ । विदेशी विनिमय सञ्चिती पनि प्रभावित भएको छ । श्रीलङ्का र पाकिस्तानजस्तो मुलुकहरू विदेशी विनिमय सञ्चितिको दबाबमा छन् । हामी पनि दबाबमा छौं ।’

उनले अर्थतन्त्र चलाउने कुरामा चुनौती थपेको पनि सुनाए । उनले भने,‘मुद्दा मुद्रा स्फीतिको चाप अन्तर्राष्ट्रिय परिस्थितिको कारणले गर्दा भएको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ, त्यसको परिणामस्वरूप हामीकहाँ पनि मूल्यवृद्धि हुने प्रवृत्ति छ। उद्योगहरूको कच्चा पदार्थको आपूर्ति हुन सकेको छैन । विदेशी विनिमय सञ्चिती गत वर्षभन्दा उल्लेखनीय घटेको हो । 

गत वर्ष हामीसँग १२ महिनाको वस्तु तथा सेवा आयात धान् नसक्ने सञ्चिती थियो । अहिले त्यो घट्दै गएको छ । अहिले साँढे ६ महिना धान् नसक्ने अवस्थामा छ । शोधान्तरण स्थिति र ब्यालेन्स अफ पेमेन्ट हेर्दा नेपालबाट बाहिर रकम बढी गएको छ । यो भनेको विदेशी विनिमय सञ्चितीमा दबाब हो । शोधान्तरण स्थिति, नेपालबाट कति रकम बाहिर गयो ? र नेपालमा कति रकम बाहिरबाट अयो ? भन्ने कुरा हेर्दा शोधान्तरण स्थिति २४७ अर्बले घाटामा रहेको छ । यो भनेको विनिमय सञ्चिती घटेको हो । भोलि खाद्यान्न, औषधीहरू आयातमा प्रभावित हुँदैन त ? भन्ने चिन्ता बढेको छ। विदेशी विनिमय सञ्चितीलाई प्राथमिकतामा राख्नुपर्छ । राष्ट्र बैङ्कले पेट्रोलियम पदार्थको किफायती गर्न सकिन्छ ? सुन-चाँदीको आयात रोकौँ । विदेशी सञ्चितीमा ठूलो दबाब पर्दा भोलि औषधी नै किन्न पनि समस्या हुनसक्छ ।’

भट्टले गत वर्ष मात्रै नेपालले ५० अर्बको चामल आयात गरेको तथ्याङ्क उल्लेख गर्दै यो वर्षको ८ महिना मात्रै हेर्दा ३७ अर्बको चामल आयात गरेको सुनाए । उनले भने,‘८ महिनामा हेर्दा करिब २७ अर्बको तरकारी आयात गरेका छौं । यही ८ महिनाको अवधिमा करिब १६ अर्बको फलफूल आयात गरेका छौं । यी भनेका हाम्रा जीवनका अत्यावश्यक वस्तु हुन् । भोलि आन्तरिक रूपमा आत्मनिर्भर हुन्छौँ होला, त्यो अर्को कुरा हो, भोलि औषधी लगायतका अत्यावश्यक वस्तु आयात गर्नको लागि पनि विदेशी विनिमय सञ्चिती जतन गर्नुपर्छ । अहिलेको मूल्यवृद्धिले हामीले पेट्रोलियम पदार्थको उपयोगमा अलिकति किफायती बन्नुपर्छ भन्ने देखाएको छ। विदेशी विनिमय सञ्चितीमा चनाखो हुनुपर्छ ।’

उनले अहिलेको नेपालको अर्थतन्त्रको डार्क साईटमात्रै नभएको दाबी गरे । उनले भने,‘आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किएका छन् । वस्तु, सेवा र कर्जाको माग बढेको छ । यो पक्षलाई पनि हामीले बिर्सिनुहुँदैन । अर्थतन्त्र नर्मल अवस्थामा आएको हुनाले पनि आयात बढेको हो । केही वस्तुको आयात भने हामीले केही समय रोक्नुपर्छ । अर्थतन्त्रलाई सही तवरले अघि बढाउनुपर्छ । पर्यटन क्षेत्र सलबलाउन थालेको छ । प्रत्यक्ष विदेशी लगानी राम्रो आएको छ । यो वर्षको ८ महिनाको तथ्याङ्क हेर्दा साँढे १६ अर्ब आएको छ । गत वर्ष १९ अर्ब मात्रै आएको छ । यो आर्थिक वर्षको ८ महिनामा १६.५ अर्ब आएको छ, यो राम्रो कुरा हो । अर्को भनेको रेमिट्यान्स एउटा महत्त्वपूर्ण स्रोत हो ।’

उनले श्रीलङ्काजस्तो सङ्कटको अवस्थामा नेपाल नरहेको जिकिर गरे । उनले भने,‘श्रीलङ्काको आन्तरिक र बाह्य ऋण जिडिपीको ११७ प्रतिशत ऋण छ, हामीसँग तुलना हुँदैन । वैदेशिक रोजगारीको अवस्था हेर्दा, रेमिट्यान्सको आधार पक्कै हो । त्यसले के सङ्केत गरेको छ भने भोलि नेपालको रेमिट्यान्स राम्रै हुन्छ । 

अर्थतन्त्रको पक्ष सकारात्मक छन् । समन्वयात्मक ढङ्गले काम गर्ने हो भने अर्थतन्त्रमा देखिएको चुनौती क्रमिक रूपमा समाधान गर्न सक्छौँ ।’ उनले कतिपय वैदेशिक ऋण सहयोगलगायत विदेशी विनिमय सञ्चितीका स्रोतलाई पहिल्याउन सकियो भने नेपालको अर्थतन्त्र सही बाटोमा जान सक्ने पनि विश्वास दिलाए । 

उनले बैङ्किङ क्षेत्रमा तरलता रहेको अवस्था सुनाए । उनले भने,‘नेपाल राष्ट्र बैङ्कले करिब ५४ खर्ब स्थायी तरलता सुविधा पटक-पटक दिएकै हो । अहिले पनि हेर्ने हो २ खर्ब भन्दा बजारमा लगानी रहेको देखिन्छ। तीन खर्ब जति प्रत्येक दिन तरलताको लागि दिएको छ, तर तरलतामा दबाब छ । नभएको होइन । बिस्तारै अब सुधार आउन सक्छ। बैङ्कको ब्याजदरमा केही दबाब छ भन्ने छ । तरलतामा दबाब बढ्ने बित्तिकै आपूर्ति र मागको पक्षमा ग्याप देखियो । त्यसको कारणले पनि ब्याजदर माथि गएको हो । हाम्रो उद्देश्य के हो भने ब्याजदर स्थायित्व कायम हुन्नुपर्छ । यसको लागि हामीले केही कदम पनि चालेका छौं ।’

उनले सोसल सेक्युरिटीको दायरा बढाउँदै जाने हो भने भोलि समस्या आउन सक्ने पनि सतर्कता अपनाए । उनले भने,‘पूर्वाधारको विकासमा खर्च गर्नुपर्छ । राष्ट्र बैङ्कले जबरालाई दिन खोजेको सन्देश भनेको अर्थतन्त्रमा विशेषगरि बाह्य क्षेत्र व्यवस्थापनमा केही दबाब छ, यसको लागि हामीले नैतिक दबाबले पनि काम गर्नुपर्छ । अब कोभिडको बेलामा लिएको मेजर्सलाई रिभ्यु गर्छौँ ।’ उनले क्रिप्टो करेन्सीको कारोबारे अध्ययन गर्न अर्थ मन्त्रालयले कार्यदल बनाएको र सोहीअनुसार काम गरेको पनि सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ