arrow

जनमैत्री कार्यक्रम गर्न सरकारसँग ओलीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
kp-oli-uml.PNG

बाँके । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको बताएका छन् । 

बाँके पुगेका ओलीले लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन भने । उनले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गरे ।

मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताए । उनले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताए । 

अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु एक-एक लाख दिने घोषणा पनि गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ