arrow

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २६ शनिबार
accident-1.jpg

पोखरा । तनहुँमा शुक्रबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका-१२ देउराली ६२ वर्षीय नन्दगोपाल कार्की रहेका छन् ।

व्यास नगरपालिका-१२ देउरालीमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु७०प १७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागी दमौलीस्थित रत्नहरी अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको थियो ।  उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ