arrow

थारु पत्रकार संघमा लेखी सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २६ शनिबार
tharu-patrakar-sangh.jpg

नवलपुर । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा प्रदीपकुमार लेखी सर्वसम्मत निर्वाचित भएका छन् । नवलपुरको अमलटारी सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनबाट लेखीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । 

यस्तै वरिष्ठ उपाध्यक्षमा शन्तकुमार चौधरी (चितवन) निर्वाचित भएका छन् भने उपत्यकासहित ७ प्रदेशमा उपाध्यक्ष चयन गरिएको छ । यस्तै  प्रदेश १ मा कुलदीप चौधरी (सुनसरी), मधेस प्रदेशमा प्रतिमा चौधरी (बारा), बागमती प्रदेशमा किशोर चौधरी सरिखाँ, एशोसिएटमा सहदेव चौधरी (काठमाडौं) र लुम्बिनी प्रदेशमा सञ्जु चौधरी निर्वाचित भएका छन् भने कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा मनोनयन गर्न बाँकी छ। 

यस्तै महासचिवमा लक्ष्मी चौधरी (काठमाडौं) निर्वाचित भएकी छिन् भने उपमहासचिवमा विजय चौधरी (चितवन) निर्वाचित भएका छन् । 

यस्तै  सचिव (महिला) मा दिपशिखा चौधरी (दाङ), सचिव (पुरुष) मा लीलानाथ गच्छदार (मोरङ) सर्वसम्मत भएका छन् भने कोषाध्यक्षमा कारी महतो चितवन) सर्वसम्मत भएका छन् । 

यस्तै केन्द्रीय सदस्यहरुमा सबी चौधरी (दाङ), धिरेन्द्र चौधरी (बारा), मनोज चौधरी (चितवन), दिनेशकुमार चौधरी (काठमाडौं), राज चौधरी (रुपन्देही), जनक चौधरी (बर्दिया), नवीन चौधरी (बारा), सुमित्रा चौधरी (चितवन) सर्वसम्मत चयन भएका छन् । 

यस्तै बाँकी २ जना केन्द्रीय सदस्य केन्द्रीय कार्यसमितिले मनोनित गर्नेछन् ।



नयाँ