arrow

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पुस्तक ल्याउँदै, अध्यक्ष ओली विमोचन गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
astalaxmi-shakya.JPG
तस्बिर– फाइल

काठमाडौं । एमाले उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पुस्तक ‘संघर्षशील योद्धाहरू’ मंगलबार विमोचन हुँदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे काठमाडौंको कालिमाटी बैंक्वेटमा विमोचन गर्ने भएका छन् । 

पुस्तकमा ३० जना योद्धाहरूको जीवनी समेटिएका छन् । पुस्तकमा जनपक्षीय सांसद भएर संसद्बाट पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाउने सांसद्हरू पद्मरत्न तुलाधर, सोमनाथ अधिकारी ‘प्यासी’, जागृत भेटवाल र द्रोणप्रसाद आचार्यको जीवनी समेटिएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा चर्चित रहेको ‘पिस्कर काण्ड’ मा शहीद भएका जगत बस्नेत, जगत बोहरा, छत्रबहादुर बोहरासहित चार जनाको जीवन पनि पुस्तकमा समेटिएको छ । 

चर्चित ‘नख्खु जेल ब्रेक’ घटनाका योजनाकार पूर्वसांसद स्वर्गीय वीरबहादुर लामा, गोपाल शाक्य र ठूलो कान्छा लामाको पनि जीवन पुस्तकमा रहेको लेखक शाक्यले बताइन् । शाक्य पहिलो महिला मुख्यमन्त्री हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ