arrow

काँग्रेस, एमाले र माओवादी प्रवृत्तिबाट देश जोगाउनु पर्छ : लिङ्देन

logo
सन्जय भट्टराई,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
lingen.jpeg

नवलपुर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस, एमाले र माओवादी प्रवृत्तिबाट देश जोगाउन पर्ने बताएका छन्। राप्रपा नवलपुरद्वारा शनिवार दल्दलेमा आयोजित चुनावी सभामा बोल्दै लिङ्देनले भने ’काँग्रेस, एमाले र माओवादीले निर्वाचनअघि चिल्ला चिल्ला कुरा गर्छन् र ५ वर्ष मोज गर्छन् यो प्रवृत्तिबाट देश जोगाउनै पर्छ,’ लिङ्देनले भने, ’देशमा रोजगारी छैन। कृषकले धान रोप्दा मल पाउँदैन। फेरि पनि ती दललाई भोट हाल्न छोड्दैनन् अब त्यसरी हुन्न ।हामी विकल्प दिन्छौँ, राप्रपालाई मत हाल्नुस्।’

कार्यक्रममा गत ३२ वर्षसम्म नेपालका तीन ठुला दलले देश लुटेर बरबाद पारेको आरोप उनले लगाए। ’३२ वर्षसम्म पालैपालो सत्तामा बसेर देश लुटे, अबको निर्वाचनमा पनि त्यही ठुला दललाई मत दिनु भनेको देश बरबादीमा पारेर रमिता हेर्नु हो।’ नेपालीलाई बिरामी हुँदा सिटामोल देऊ भनेर अदालतले आदेश दिनुपर्ने अवस्था रहेकोले तीन दलकै कारण देश श्रीलङ्का पथमा गइरहेको उनले दाबी गरे।

हरेक दिन वैदेशिक ऋण लिएर अनुत्पादक क्षेत्रमा लगानी गरेर देश कङ्गाल बनाउन ठुला दल लागिपरेको र त्यो जनताले मेसो नपाएको उनको भनाइ थियो। ’विदेशबाट ऋण लिएर कुन–कुन उत्पादनमूलक काममा खर्च गरेका छौँ ? अब जवाफ चाहियो,’ उनले भने, ’ऋण लिएर जनप्रतिनिधि पाल्ने र तिनले चढ्ने गाडी खर्च बेहोर्न सकिँदैन।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ