arrow

निलम्बित गभर्नर अधिकारीको रिट अध्ययनपछि दर्ता गर्छौ : सर्वोच्च अदालत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
supreme-court-long.jpg
फाइल तस्बिर

काठमाडौँ। आफूमाथि निलम्बनको कारबाही गैर कानुनी रहेको भन्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वोच्च अदालतले अध्ययन गरिरहेको छ।

आफूमाथि गरिएको निलम्बन गैर कानुनी रहेकाले खारेज गरी पाउँ भन्दै अधिकारीले आइतबार दिएको रिटमाथि अहिले अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

उनका अनुसार अध्ययनपछि मात्र दर्ता हुनेछ। ‘उहाँ (महाप्रसाद अधिकारी)ले आज निलम्बनविरुद्ध रिट निवेदन दिनु भएको थियो,’ प्रवक्ता पौडेलले भने, ‘अहिले अध्ययन भइरहेको छ। अध्ययनपछि मात्र दर्ता हुनेछ।’

सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो। 



नयाँ