arrow

स्थानीय तह निर्वाचन

काँग्रेस बैसाखी टेकेर हिँड्ने अवस्थामा पुग्यो : एमाले अध्यक्ष ओली

'एमाले सरकार हुँदाको विकास देखेर विपक्षी अतालिए'

logo
सुरेस परियार,
प्रकाशित २०७९ वैशाख ४ आइतबार
oli-simkot.jpg

सिमकोट। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशको विकास देखेर विकास विरोधी अत्तालिएर सरकार ढालेको आरोप लगाएका छन्। आइतबार नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरू सरकार ढाल्न अदालत गएको आरोप लगाएका हुन्।

जनताबाट होइन अदालतबाट सरकार ढालेको ओलीको आरोप थियो। जनताले एमालेलाई माया गरेको भए पनि दुनियाँमा कहीँ नभएको नेपालमा भएको उनको भनाइ थियो। आफ्नो कार्यकालमा काम भए पनि अहिले आएर काम रोकिएको ओलीको दाबी छ। कर्णाली कोरिडोरले तीव्रता पाउनुका साथै यसको स्तर वृद्धिमा जोड दिनुपर्ने ओलीको भनाइ थियो। खरका छाना विस्थापित हुनुका साथै, जनता आवास कार्यक्रम मार्फत गरिब दुखिले घर पाएको उनको दाबी थियो।

अहिलेको गठबन्धनको सरकारले काम गर्न नसकेको अध्यक्ष ओलीको आरोप थियो। निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर गठबन्धन गरे पनि एमालेलाई असर नगर्ने उनको दाबी थियो। नेपालमा गठबन्धन पार्टी र एमाले पार्टीको प्रतिस्पर्धा हुने अध्यक्ष ओलीको भनाई थियो।

अध्यक्ष ओलीले नेपाली काँग्रेस बैसाखी टेकेर हिँड्ने अवस्थामा पुगेको बताए। काँग्रेसको अहिलेको अवस्था देखेर माया लागेर आएको उनको भनाइ थियो।

'२०१५ सालमा काँग्रेस दुई तिहाइमा थियो २०४८ सालमा बहुमतमा आयो, अलि पछि आएर आफैँ हिँड्न मुस्किल भएर लौरो टेक्ने हातलमा पुग्यो, अहिले लौरो टेक्ने होइन माओवादी केन्द्र र माकुने गुटको बैसाखी टेक्ने अवस्था आएको छ। काँग्रेसले भोट के मा हाल्ने, कतै, पेन्सिलमा हाल्ने, कतै अण्डा भित्रको हँसिया हथौडामा हाल्ने, कतै  ग्लासमा भोट हाल्ने' उनले भने।

ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे। चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने बताए।

जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठुला योजना अघिसारेको उनले दाबी छ।

एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताए। तराई, पहाड, हिमालमा देशको विकासको लहर छाएको बताए। एमाले सरकारमा आउँदा विकासको लहर चल्छ, तर अन्य पार्टी सरकारमा हुँदा देशको अर्थ तन्त्र खुम्चिने गरेको उनले बताए। ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन्। स्थानीय निर्वाचनका लागि चुनावी सभामा सम्बोधन गर्न हुम्ला आइपुगेका अध्यक्ष ओलीले सम्पूर्ण देश निर्वाचनमय भएको बताउँदै यो निर्वाचन कसैले रोक्न र छेक्न नसक्ने बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने उनको भनाई थियो। स्थानीय निर्वाचनका लागि चुनावी सभामा सम्बोधन गर्न हुम्ला आइपुगेका अध्यक्ष ओलीले सम्पूर्ण देश निर्वाचनमय भएको बताउँदै यो निर्वाचन कसैले रोक्न र छेक्न नसक्ने बताए। कारखाना  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ