- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक सोमबार साँझ साढे ६ बजेका लागि बोलाइएको छ। स्थानीय तह निर्वाचनको घोषणापत्र लगायत निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।
केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ। बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ।