arrow

शुक्रवारबाट शुरु हुने एसईई परीक्षामा नवलपुरबाट ६ हजार ८ सय ११ विद्यार्थी सहभागी हुँदै

logo
सन्जय भट्टराई,
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
SEE-1280x720.jpg
फाईल तस्विर

नवलपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) यही बैशाख ९ गतेबाट हुने भएको छ । विगत २ वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन नसकेको एसईईमा यस वर्ष भने भौतिक रुपमै परीक्षा सञ्चालन गरिँदै छ । ती दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई एसईई पास गराइएको थियो ।

शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलका अनुसार परीक्षाका लागि नवलपुरमा २७ वटा परीक्षा केन्द्र तय गरिएको छ । ती केन्द्रहरुमा बोर्डले तयार पारेका प्रश्नपत्रहरु पठाइने र सोही आधारमा कोरोनाकाल भन्दा अगाडिको जस्तै गरी परीक्षा सञ्चालन हुन पोख्रेलले बताए ।

पोख्रेलका अनुसार यस वर्षको एसईई परीक्षामा नवलपुरबाट ६ हजार ८ सय ११ जना परीक्षार्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ ६ हजार ५ सय ७७, प्राविधिकधारका २ सय ९ जना र ग्रेड वृद्धितर्फ २५ जना गरि कुल ६ हजार ८ सय ११ जना विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका क्रममा आधारभूत स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ