arrow

स्वर्गीय डा अञ्जनीकुमार शर्माको जीवनचरित ‘नकोरिएका सन्दर्भहरु’ विमोचित  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
Bimochan 2.JPG

काठमाडौं । अनीता ढुङ्गेलद्वारा लिखित ‘नकोरिएका सन्दर्भहरुः प्राडा अन्जनीकुमार शर्माको जीवनचरित’ नामक पुस्तकको लोकार्पण गरिएको छ ।     
     
 स्व. प्राडा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकर्पण गरेकी हुन् । पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा डा ज्ञानू पाण्डेद्धारा डा अञ्जनीकुमार शर्मा केवल चिकित्सक मात्र नभइ प्रेरक समाजसेवी भएको स्पष्ट पारिएको थियो । ‘पुस्तकले नेपाली समाजको अज्ञानता हटाउन डा शर्माले खेलेको भूमिका छर्लङ्ग पारेको छ । कलात्मक ढङ्गले लेखिएको पुस्तक पाठकमैत्री छ’, डा पाण्डेको भनाइ छ ।
     
उनका अनुसार लेखक ढुङ्गेलले तटस्थ र सन्तुलित हिसाबले लेखेको पुस्तकमा नेपालको स्वास्थ्य क्षेत्रको सग्लो इतिहास पढ्न पाइन्छ । नेपाली साहित्यको जीवनी लेखन विधामा यस पुस्तकले नयाँ आयाम थप्ने पाण्डेको विश्वास छ ।     
     
यसैगरी वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले स्व डा अञ्जनीकुमार शर्मा राजादेखि रैतीसम्म सबैको प्रिय व्यक्ति भएको सुनाए । प्राडा प्रमिला प्रधान र प्लास्टिक सर्जन शङ्करमान राईले स्व डा शर्मा प्राज्ञिक व्यक्तित्व भएको बताए । 
     
वरिष्ठ शल्यचिकित्सक डा सुदीपकुमार भट्टाचार्यले स्व डा शर्मालाई नेपालको आधुनिक शल्यचिकित्साका जननी भएको दाबी गरे । समाजसेवी पुनमचन्द्र अग्रवालले लाइन्स क्लबमार्फत नेपाली समाज सेवामा स्व डा शर्माले अविष्मरणीय योगदान पुर्याएको बताए । 

वरिष्ठ चिकित्सक डा गौरीशङ्कर लाल दास तथा बालरोग विशेषज्ञ डा हेमाङ्ग दीक्षितले स्व डा शर्माले क्यान्सर रोगको रोकथाम, नियन्त्रण तथा उपचारमा पु¥याएको योगदानमाथि चर्चा गरे । 

उक्त पुस्तकको मूल्य रु ५५० रहेको छ । पुस्तक बिक्रीबाट सङ्कलित रकम भक्तपुर क्यान्सर अस्पताललाई प्रदान गरिने बताइएको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ